काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हेलिकोप्टर चढ्नका लागि सहमति दिएको छ।
आयोगमा वुधबार निवेदन आएपछि पार्टीको खर्चमा हेलिकोप्टर चढ्न सहमति दिइएको आयोग स्रोतले जनाएको छ । एमालेको मुख्य प्रचारक अध्यक्ष ओली भएकाले हेलिकोप्टरका लागि आयोगसँग सहमति लिनका लागि निवेदन दिइएको थियो ।
एमालेले अनुमतिका लागि आयोगमा पेस गरेको निवेदनमा अध्यक्ष ओलीसँगै अर्को एक जना पनि आवश्यकताका आधारमा रहने भनिएको आयोग स्रोतले जनाएको छ ।
प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार
प्रतिक्रिया