काठमाडौं । आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा पहिलोपटक निर्वाचनमार्फतआफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आज ‘वाचा पत्र’ सार्वजनिक गरेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि वाचा पत्र सार्वजनिक गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले सार्वजनिक गरेको वाचा पत्र निर्जीव अक्षरहरूको दस्ताबेज मात्रै नभएको बताएका छन् । उनले  त्यसलाई सजीव बनाउनका निमित्त पार्टीले काम गर्ने प्रतिबद्धता जनाए ।

उनले वाचापत्रसहित भोट माग्न जाँदा मतदाताले चाहनु हुन्छ भने कागज र ल्याप्चे गराउन सक्ने बताए । ‘वाचापत्रसहित हाम्रा उम्मेदवारहरूले भोट माग्न जाँदा मतदाताले चाहनु हुन्छ भने हस्ताक्षर लिन सक्नुहुन्छ । ल्याप्चे र कागज गराएर राख्न सक्नुहुन्छ’, उनले भने, ‘जनतासँग बोलेको कुरा पुरा हुनुपर्छ ।’

उनले भने, ‘देशको प्रमुख समस्या भनेको भ्रष्टाचार हो , यहाँ शिर्ष नेताहरू सबैलाइ जानकारी छ । यी सबै भ्रष्टाचारमा लिप्त छन् । अनि पटक पटक यी भ्रष्टहरू लाइ जिताउनु पर्ने? अब भ्रष्टाचारको अन्त्य गर्दै अब राष्टिय स्वतन्त्र पार्टी अघि बढछ। ‘

राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक प्रदेश सभाको चुनावमा भने बहिस्कार गरेको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com