काठमाडौं ।  रुकुम पश्चिम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार  माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध रुकुम पश्चिमकै युवा तथा इन्जिनियर राजन पाण्डे चुनावी मैदानमा छन् ।

देशब्यापी स्वतन्त्र उम्मेदवारको लहर चलिरहेको बेला माओवादी केन्द्रका नेता जनार्दन शर्मा बिरुद्ध  स्वतन्त्र उम्मेदवारी दर्ता गराएका रुकुम पश्चिमकै युवा इन्जिनियर राजन पाण्डे  ‘खुकुरी क्रस’ चुनाव चिन्ह लिएर जनार्दन बिरुद्ध चुनावी मैदानमा छन् ।

ग्लोबल नागरिक संगको कुराकानीमा उनले रुकुम र समग्र राष्ट्र बिकासबारे आफ्नो छुट्टै भिजन भएको बताए । ‘आर्थिक क्रान्ति गर्ने र देशलाई आर्थिक रुप्मा आत्मनिर्भर बनाउने मेरो योजना छ । अरु देशले पर्यटन व्यापार गरेर देश सम्पन्न बनाएजस्तै नेपाललाई किन पर्यटनमा सबल नबनाउने ?’ उनले प्रश्न गरे ।

तपाईंले स्वतन्त्र उम्मेदवारी दिनुको कारण के हो भन्ने प्रश्नमा  उनले भने, ‘जनार्दन शर्माको गलत कदमले रुकुमका जनता रुष्ट छन् । रुकुम पश्चिमको बिकासमा ध्यान नदिने, सत्ता स्वार्थमा मात्र लिप्त हुने र राष्ट्रघाती कदम चाल्ने जनार्दन जस्तो नेतालाई अब सांसद भवन छिर्नबाट रोक्न मलाई रुकुम पश्चिमका जनताले विकल्पको रुपमा अगाडी सारेका हुन् ।’

पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार भन्ने मुख्य नाराका साथ आफू चुनावी मैदानमा उत्रिएको पाण्डेले बताए । साथै, परनिर्भरतामा रहेको देशलाई आत्मनिर्भर बनाउनुपर्ने उनको भनाई छ ।

उनले मुलुक राजनीतिक रुपमा क्यान्सरले ग्रसित बनेको बताए भ्रष्टाचार देश विकासकाे प्रमुख बाधव भएकाले यसविरुद्ध निर्ममरूपमा प्रस्तुत हुने उनले बाचा गरे ।

के छन् चुनावी एजेण्डा ? हेर्नुहोस्

प्रकाशित मिति: १७ कार्तिक २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com