काठमाडौं । गोर्खा २ को प्रदेशसभा १ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुबोध बस्नेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनले नेपालको राजनीतिको सही निकास वाम लोकतान्त्रिक गठबन्धनले मात्र दिनसक्ने बताए ।

माओवादी प्रवेश गर्दै उनले भने, ‘नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदवार भएर आउनु सम्पूर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो । म आजैका दिनदेखि मेरो उम्मेदवारी निष्क्रिय बनाइ माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु ।’

उनले गोरखा २ मा प्रतिनिधिसभा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्नेसमेत बताए ।

 

प्रकाशित मिति: १८ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com