बुटवल । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले आगामी निर्वाचनपछि नेकपा एकीकृत समाजवादी पार्टी नामको खुद्रा पसल बन्द हुने प्रतिक्रिया दिएका छन्।

शुक्रबार बुटवलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै विष्टले नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको गठबन्धनको भरमा केहि स्थानमा भाग पाएर अहिलेको चुनावमा उम्मेदवारी दिएपनि चुनावपछि उक्त पार्टीको भविष्य नभएको दाबी गरे।

गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका विष्टले कुनैपनि राजनीतिक दलभित्र नेता र कार्यकर्ताबीच सामान्य विवाद र अन्तरविरोध हुनु सामान्य भएपनि त्यही अन्तरविरोधका कारण पार्टी विभाजित गरिनु गलत भएको टिप्पणी गरे।

‘पार्टीभित्र विवाद र अन्तरविरोध हुनु स्वभाविक हो तर, छलफलबाट विवाद र अन्तरविरोधलाई समाधान गर्नुको साटो पार्टीलाई विभाजित गरिनु गलत हो त्यसको जवाफ निर्वाचनपछि जनताले दिने छन्,’ उनले भने।

विष्टले गुल्मी क्षेत्र नं. २ मा यसअघि पार्टी छोडेर अन्यत्र लागेकाहरू एमालेमा फर्किने क्रम बढ्दै गएको भन्दै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी समेत कोहि नभएको दावी गरे।

प्रकाशित मिति: १९ कार्तिक २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com