काठमाडौं । काठमाडौं-२ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छन् ।
सत्तारुढ गठबन्धनको समर्थन पाएकी उनले कोटेश्वरमा अण्डपास बनाउने र त्रिभुवन विमानस्थलको मुनि सुरुङ मार्ग बनाउने पनि घोषणा गरेकी छन् ।
जडिबुटीदेखि तीनकुनेसम्म अण्डर पास निर्माण गरी कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जाम हटाउने र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरुङमार्ग निर्माण गरी पेप्सीकोला–सिनामंगल आवतजावतको व्यवस्था मिलाउने उनको प्रतिवद्धता छ ।
प्रकाशित मिति: २२ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया