जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको अबको प्राथमिकता कर्णालीको विकास रहने बनाएका छन् ।
प्रचण्डले राप्रपाबाट जुम्लामा प्रतिनिधिसभाका उम्मेदवार बनेका ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि चिच्याइरहेको बताए । ‘राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि चिच्याइरहेको छन्’, प्रचण्डले भने, ‘यस्ता सामन्तवादीहरुलाई जनताले शून्य बनाएर छोडिदिने छन् ।’
जुम्लामा भएको चुनावी सभामा उनले गठबन्धनको जीत सुनिश्चित भएको दाबी गर्दै अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताए ।
प्रकाशित मिति: २२ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया