हेटौंडा । नेकपा एसका उम्मेदवार विरोध खतिवडालाई हातपात गर्ने व्यक्तिले रक्सी नखाएको पाइएको छ । खतिवडा मन्त्री र सांसद हुँदा गाउँमा नआएको, विकास नगरेको भन्दै रिसाएका खड्काले हात मिलाउने बाहानामा दुई झापड हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मकवानपुरका गठबन्धन दलले संयुक्त विज्ञप्ति निकालेर खतिवडामाथि कुटपिटको समाचारको खण्डन गर्दै चुनावी कार्यक्रममा खतिवडा आएलगत्तै ‘एक स्थानीयले अत्याधिक मदिरा सेवन गरी त्यहाँ पुगेको र आफैँ लडेर घाइते भएको’ भन्दै खड्कालाई प्रहरीमा बुझाइएको बताएको थियो ।
तर, प्रहरीले ५० वर्षीय खड्काले मापसे नगरेको बताएको छ । खतिवडालाई हातपात गरेपछि पक्राउ गरिएका खड्काको हेटौँडा अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा मापसे गरेको नपाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले बताए ।
प्रकाशित मिति: २३ कार्तिक २०७९, बुधबार
प्रतिक्रिया