काठमाडौं । पछिल्लो समय अमेरिका तथा युरोपमा लोकप्रिय खेल ‘पिकलबल’ नेपालमा समेत लोकप्रिय बन्दै गएको छ । बिहिबार काठमाडौ स्थित ग्यालेक्सी पब्लिक स्कुलको खेलमैदानमा बेकन्सफिल्ड पिकलबल क्लब युकेका खेलाडीहरु र नेपाली खेलाडीहरु बिच मैत्रीपुर्ण खेल सम्पन्न भएकोछ।

यसैक्रममा पिकलबल खेलको बिकास एवं प्रबर्द्धनको निमित्त सपोर्ट नेपाल युकेले नगद तीस हजार रुपैयाँ सहित पिकलबल खेल सङ्ग सम्बन्धित खेलसामाग्री हस्तान्तरण गरेको छ। सपोर्ट नेपाल युकेका तर्फबाट नबिन गुरुङले पिकलबल एसोसिएसन नेपालका सौरभ भण्डारीलाई चेक तथा प्रशिक्षक कुमार प्रधानलाई खेलसामाग्री हस्तान्तरण गरेका थिए । गुरुङ नेपालमा पिकलबल खेलको संस्थापकको रुपमा चिनिन्छन। कार्यक्रममा बोल्दै गुरुङले नेपालमा पिकलबल खेलको बिकास र प्रबर्द्धनमा आफ्नो सहयोग निरन्तर रहने बताउदै पिकलबल एसोसियसन नेपालले छोटो समयमा राम्रो खेलाडी उत्पादन गर्न सफल भएकोमा आफू झनै उत्साहित भएको बताए।

Pickleball association nepal
इङ्ल्याण्डका खेलाडी सङ्ग पिकलबल खेल्दै नेपाली

नेपाली खेलप्रेमीहरुका लागि नयाँ खेल भएपनी छोटो समयमा पिकलबल राम्रो खेलाडी उत्पादन गरेकोले अन्तर्राष्ट्रिय खेल प्रतियोगिता खेल्न पाए नेपालले उत्कृष्ट प्रदर्शन गर्नेमा बिश्वस्त रहेको खेलाडी जनक फडेराले बताए ।

लङटेनिस, टेवल टेनिस र ब्याटमिन्टन मिश्रत खेल मनोरञ्जन साथै स्वास्थ्यको लागि पनि लाभदायक रहेको अर्का खेलाडी किरण खनालले बताए। काठमाडौको क्याम्पियन स्कुल नक्साल, ग्यालेक्सी स्कुल ज्ञानेश्वर र एनसीसीएस स्कुल धुम्बाराहिमा निरन्तर प्रशिक्षण संचालन भइरहेको प्रशिक्षक कुमार प्रधान बताए ।

प्रकाशित मिति: २४ कार्तिक २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com