काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस भित्र जटिलता आए आफूलाई चिन्ता लाग्ने गरेको बताएका छन् ।

चितवनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

चितवनमा गठबन्धनप्रति असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताहरूलाई लक्षित गर्दै उनले राष्ट्र र लोकतन्त्रको बृहत्तर हितका लागि सानातिना समस्या समाधान गरी अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘कांग्रेसभित्र अलिकति जटिलता आयो भने मलाई चिन्ता लाग्न थाल्छ । कांग्रेसभित्र समस्या हल भइदिए हुन्थ्यो भन्ने हुन्छ ।’

चितवन ३ बाट कांग्रेसका दिनेश कोइरालाले बागी उम्मेदवारी दिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ । त्यसैतर्फ संकेत गर्दै प्रचण्डले सहज वातावरण बनाउन आफूहरू चितवन आएको बताए । यो प्रचण्डको निर्वाचन क्षेत्र हाे । ०७४ सालमा उनी यहीँबाट निर्वाचित भएका थिए  । तर अहिले गाेरखा २ बाट उम्मेदवार बनेका छन् ।

 

प्रकाशित मिति: २६ कार्तिक २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com