काठमाडौं । गृहमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेद्वार बालकृष्ण खाँणले बहुविवाह गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

बहुविवाह गरेको भन्दै यसअघि निर्वाचन आयोगमा पुगेर उजुरी दिएकी अधिवक्ता तारा बरालले भैरहवा आएर पनि उजुरी दिएकी हुन्। रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले निर्वाचन आयोगले कारवाहीको विषय बन्दैन भने पनि यहाँ आउनुको केही अर्थ नहुने बताए।

‘उहाँले कागज दिएर जानुभएको छ। आयोगले कारवाहीको विषय बन्दैन भनिसकेपछि यहाँ आएर निवेदन फ्याँकेर केही हुन्छ र?’, उनले भने, ‘हामी निर्वाचन आयोगअन्तर्गतको मान्छे हो। यसअघि निर्वाचन आयोगमा दर्ता भएको उक्त उजुरी सम्बन्धित क्षेत्रमा आएर उजुरी दर्ता गरिएको अधिवक्ता तारा बरालले बताइन्। ठूला तथा सम्पत्तिवालाविरुद्धको मुद्दा तामेलीमा र सर्वसाधारणलाई जेलमा कोच्न नपाइने उनले बताइन्।यसअघि खाँणका दुईजना श्रीमती रहेको विवरण निर्वाचन आयोगकै रेकर्डमा देखिएको थियो।

 

प्रकाशित मिति: १ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com