काठमाडौं । इक्वेडरले कतारमा आज (आइतबार) बाट सुरु भएको विश्वकप फुटबलको उद्घाटन खेलमा विजयी सुरुआत गरेको छ ।

इक्वेडरले आयोजक राष्ट्र कतारलाई २–० गोलले पराजित गर्दै विश्वकपमा विजयी सुरुआत गरेको हो । इक्वेडरको जितमा दुवै गोल कप्तान कप्तान एनर भ्यालेन्सियाले गरे ।

खेलको तेस्रो मिनेटमा नै इक्वेडरले गोल गरेको थियो । तर भिडियो एसिस्टेन्ट रेफ्री (भार) ले त्यो गोललाई अफसाइड दिएपछि गोलको मान्यता पाएन । योसँगै इक्वेडरले कतारविरुद्ध अग्रता बनाउन सकेन ।

खेलको १५औँ मिनेटमा इक्वेडरले पेनाल्टी पायो । भ्यालेन्सियालाई कतारका गोलकिपर साद अलसिबले डिबक्सभित्र लडाएपछि इक्वेडरले पेनाल्टी पाएको थियो । भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई १–० को अग्रता दिलाए ।

खेलको ३१औँ मिनेटमा इक्वेडरले दोस्रो गोल थप्न सफल भयो । यो गोल पनि भ्यालेन्सियाले नै गर्दै कतारविरुद्ध इक्वेडरलाई २–० को अग्रता दिलाए । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको इक्वेडरले दोस्रो हाफमा कतारलाई रोक्दै जित निकालेको हो । यो जितसँगै इक्वेडरले महत्वपूर्ण तीन अंक बटुलेको छ ।

समूह ‘ए’ मा आयोजक कतारसँगै इक्वेडर, नेदरल्यान्ड्स र सेनेगल रहेका छन् ।

प्रकाशित मिति: ४ मंसिर २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com