काठमाडौं । समूह ‘सी’ मा रहेको पोल्यान्डले विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २–० गोको रोमाञ्चक जित निकालेको हो ।

कतारको एजुकेशन सिटी रंगशालामा पहिलो हाफमा एक गोल गरेको पोल्यान्डले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो । पोल्यान्डका लागि पिओट्र जिलिन्स्की र कप्तान रोबर्ट लेवान्डोस्कीले गोल गरे ।

खेलको ३९औँ मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीले दिएको पासमा मिडफिल्डर पिओट्रले गोल गर्दै साउदी अरबविरुद्ध १–० गोलको अग्रता दिलाए । खेलको ४४औँ मिनेटमा साउदीले पेनाल्टी पायो । योसँगै पोल्यान्डविरुद्ध १–१ गोलको बराबरी बनाउने साउदीलाई राम्रो अवसर मिलेको थियो । भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले साउदीलाई पेनाल्टी दिएको थियो । तर सालेम अल्दव्सरीले प्रहार गरेको पेनाल्टी पोल्यान्डका गोलकिपरले उत्कृष्ट बचाउ गरेपछि साउदीले १–१ गोलको बराबरी बनाउने मौका गुमाएको थियो ।

खेलको ८२औँ मिनेटमा कप्तान लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई २–० को जित दिलाए । यसअघि अर्जेन्टिनालाई २–१ गोलले पराजित गरेको साउदी अरबले पोल्यान्डविरुद्ध भने जित निकाल्न सकेन ।

प्रकाशित मिति: १० मंसिर २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com