काठमाडौं । फिफा बिश्वकप सुरु भएसङ्गै कानुनतः नेपालमा अबैध मानिएको वेटिङ कम्पनी ‘वान् एक्स बेट’ मा नेपाली युवाहरूको आकर्षण आक्रामक देखिन्छ। अहिले जारी फिफा विश्वकप २०२२ का खेलहरुलाई लक्षित गर्दै वान एक्स बेटले प्रयोगकर्ता लोभ्याउन विभिन्न अफर ल्याइएको देखिन्छ। इमेल, भाइबर, टेलिग्राम जस्ता विभिन्न अनलाइन माध्यम मार्फत नयाँ प्रयोगकर्ताहरुले अकाउन्ट खोल्दा 1Xinsurance लेखेर प्रोमोकोड प्रयोग गरे हारेको कुल रकमको ४० प्रतिशत रकम बिश्वकप खेल पछि फिर्ता गर्ने बताएपछि नयाँ प्रयोगकर्ता अप्रत्याशितरुपमा बढेको देखिन्छ।

युरोपेली देश साइप्रसमा दर्ता भएको यो बेटिङ कम्पनी बिश्वभरका सट्टेवाजहरुले सहजै प्रयोग गर्ने नयाँ माध्यम बनेको छ। बिश्वका धेरै देशहरूमा 1XBET लाई मान्यता दिएपनी नेपाल सङ्गै अफगानिस्तान, क्युबा, उत्तर कोरिया जस्ता देशहरूमा प्रतिबन्ध छ। अनलाइन मार्फत बिश्वभरका करिब ६०० प्रकारका खेलहरुमा बेटिङ गर्न मिल्ने स्रोतको दाबी छ।

केही वर्ष अगाडि सम्म सट्टेबाजहरु  भेला भएर नगद जम्मा गरेर बाजि राख्ने प्रचलन अहिले परिवर्तन भएर अनलाइन मार्फत बाजि राख्ने लहर नै चलेको छ। थोरै पैसा सट्टेबाजीमा लगाएर पनि धेरै कमाउने लोभका कारण अबैध 1Xbet को प्रयोग बढिरहेको हो।

नेपाल सरकारले ईन्टरनेट प्रादायक संस्थाहरु मार्फत यस्ता वेबसाईट बन्द गरेपनि नियन्त्रण भने गर्न भने सकेको छैन। अनलाइन बाट सहजै खाता खोले वान एक्स बेटले प्रयोगकर्ताहरुलाई मोबाइल वालेटमार्फत् पैसा लोड वा विड्र गर्न अनुमति दिन्छ। 1Xbet को एप मार्फत नै नेपालबाट इसेवा, खल्ती, आइएमई पे जस्ता मोबाइल वालेटबाट वान एक्स बेटका एजेन्टसम्म पैसा पुग्ने र ती एजेन्टहरुले प्रयोगकर्ताहरु मार्फत सट्टेबाजीमा जितेको रकम पनि सोही वालेटमा ट्रान्सफर हुने अर्का एक प्रयोगकर्ताले बताए। न्यूनतम दुई हजार रुपैयाँ वान एक्स बेटको खातामा पुगेपछि मोबाइल वालेटबाट पैसा झिक्न मिल्ने ती प्रयोगकर्ताले बताए। ‘जित्ने टिम (स्योर सट) मा बाजी लगाएपछि आफूले लगानी गरेको भन्दा केही बढी पैसा आउने लोभ कै कारण वान एक्स बेटमा लागिपरेको छु,’ प्रयोगकर्ताले भने।

पैसा लोड गरेपछि प्रयोगकर्ताहरुले लाइभ स्पोर्टस् इभेन्टमा बेट गर्ने गर्छन्। थोरै पैसा बाट पनि बेटिङ सुरु गर्न सकिने भएकाले धेरै व्यक्तिहरुको आम्दानीको स्रोत नै वान एक्स बेट बन्न पुगेको देखिन्छ।

अर्का एक प्रयोगकर्तालाई राखिएको जिज्ञासामा उनले भने ‘ म चाहिँ आफुलाई मन परेको टिममा २/४ सय रुपैयाँ बेटिङ लाउँछु। पैसा जितिने भन्दा पनि बेटिङ लगाएपछि खेल हेर्न छुट्टै मज्जा आउने भएकोले मात्रै हो। तर धेरै मान्छेहरु पैसा जित्ने आशामा 1Xbet मार्फत नै अनलाइन क्यासिनो खेल्ने गरेका छन। अनलाइन प्रबिधी नियन्त्रण बाहिर गैसकेको छ। अब अन्य देशले जसरी भ्याट लिएर बैधानिक गर्नुको विकल्प छैन।’

सामाजिक संजाल मार्फत नै नेपालका प्रख्यात ‘जलान’ र ‘दी कार्टुन्ज क्रू’मात्रै नभएर युट्युबरहरू ‘मिङ सेरप’, ‘राइजिङ स्टार नेपाल’ र गणेश जिडी तथा टिकटकरहरू ‘बिनय’, ‘प्रशन्न’, ‘प्रकाश राई’ र ‘सृष्टि श्रेष्ठ’ लगायतको माध्यमबाट खुलेआम सट्टेबाजीको विज्ञापन भइरहेको छ ।

1XBET सङ्गै मेलबेट, 365 जस्ता धेरै बेटिङ एप अबैध रुपमा संचालन भएको छ। नेपाली मुद्रा मै खेल्न र लोड तथा विड्र गर्न सहज भएकोले 1Xbet मा नेपालीहरु आकर्षित भएको देखिन्छ। फिफा बिश्वकपसँगै (1Xbet) खेल्नेहरुको संख्या उल्लेख्य छ। त्यससँगै नेपालमा अवैध सट्टेबाजी गर्नेहरुलाई भने अहिले नेपाल प्रहरीको साइबर ब्युरोले खोजिरहेको छ ।

प्रकाशित मिति: १३ मंसिर २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com