काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले नेपालका लागि अमेरिकी राजदूतसँगको भेटबारे नेकपा एमालेका नेता भीम रावललाई जवाफ फर्काएका छन्।

बालेनले शुक्रबार फेसबुकमा स्टाटस राख्दै अमेरिकाका राजदूत डीन आर. थम्पसनले उनलाई पटक पटक भेट्न खोजेको र परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर मात्रै भेट्न आउन आग्रह गरेको बताएका छन्। यस्तै अनुमति लिएपछि मात्रै भेट गरेको उनले दाबी गरेका छन्।

‘हामीले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेर भनेका थियौं,’ उनले लेखेका छन्, ‘त्यसपछि मात्रै हामीले भेट्ने अनुमति दिएका हौं।’

बिहीबार अमेरिकाका राजदूत र बालेनको राष्ट्रिय सभा गृहमा शिष्टाचार भेटघाट भएको थियो।

आजै नेकपा एमालेका नेता भीम रावलले बालेनले अमेरिकी राजदूतसँग भेटवार्ता गर्नेबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिई अनुमति लिएको हो कि होइन भन्दै प्रश्न गरेका थिए।

‘परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानूनको पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसँग भेटवार्ता गर्न मन लाग्यो आाफूखुसी गर्ने संसारमा कहीं नभएको अभ्यास नेपालमा किन? संक्रमणकालीन गठबन्धन सरकार जनउत्तरदायी हौ भने जवाफ देऊ’, भन्दै स्टाटस राखेका थिए।

उक्त स्ट्याटसको जवाफमा बालेनले ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको’ बताएका थिए।

‘उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौं भनेर पठाएका छौं,’ उनले लेखेका छन्, ‘थप एमसिसी मार्फत विद्युत विदेशीलाई बेच्नेभन्दा पनि त्यो विद्युत नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौ|।’

 

 

प्रकाशित मिति: १६ मंसिर २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com