काठमाडौं । कांग्रेस महामन्त्री तथा झापाबाट निर्वाचित विश्वप्रकाश शर्मालाई मतदाताले कागती र खुर्सानीको मालाले सम्मान गरेका छन्।

‘मतदाता सम्मान अभियान’ क्रममा गाउँ घुमिरहेका शर्मालाई मेचिनगर ९ लिलाबस्तीका जनताले फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन्।

नेपाली समाजमा ‘कसैको नजर नलागोस्’ भनेर कामना गर्नुपर्दा घरमा,  कागती र खुर्सानीको माला लगाउने तथा झुण्ड्याउने चलन छ।

कागती र खुर्सानीको माला लगाइदिएको लिलाबस्ती शर्मालाई दूध खुवाएर बचाउने आमा देउकुमारी श्रेष्ठको गाउँ हो। विश्वप्रकाशकी आमा सावित्री शर्माको दूध नआएपछि छिमेकमै सुत्केरी रहेकी श्रेष्ठले डेढ वर्षसम्म उनलाई दूध खुवाएकी थिइन्। लिलाबस्तीवासीले शर्मालाई सतप्रतिशत मत हालेका थिए।

प्रकाशित मिति: १७ मंसिर २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com