९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ । महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा १६ रन जोडेर चेन्नईलाई रोमाञ्चक जित दिलाए । धोनीले १३ बलमा २८ रन जोडे ।

जारी आईपीएलमा चेन्नईको यो तेस्रो जित हो भने मुम्बईको लगातार सातौं हार हो ।पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा १५५ रन बनाएको थियो । १५६ रनको विजय लक्ष्य पछ्याएको चेन्नईलाई अन्तिम एक ओभर अर्थात् ६ बलमा १७ रन चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमा उनदकटले प्रिटोरियसलाई आउट गरे । त्यसपछि ब्रेभो ब्याटिङमा आए र दोस्रो बलमा उनले एक रन बनाए । बाँकी चार बलमा जितका लागि अब १६ रन चाहिएको थियो । धोनीले ६, ४, २ र ४ रन बनाएर चेन्नाईलाई रोमाञ्चक जित दिलाए ।

मुम्बईको शुरुवात निकै खराब थियो । पहिलो ओभरमै रोहित शर्मा र इशान किशन खाता नखोली आउट भएका थिए । चेन्नईका मुकेश चौधरीले रोहित र इशानलाई आउट गरेका थिए ।मुम्बईका लागि सूर्यकुमार यादवले ३२, डुब्यू गरेका ऋतिकले २५ र कायरन पोलार्डले १४ रन बनाए ।

मुमबईका लागि सबैभन्दा राम्रो खेल १९ वर्षीय तिलक बर्माले खेले । उनले शानदार अर्धशतक जोडे ।

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com