काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किने भएका छन् ।

महाभियोग निष्क्रिय भएको पत्र पाएपछि प्रधानन्यायाधीश जबरा बुधबार नै सर्वोच्चमा हाजिर हुन लागेका हुन् । संसदमा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र संसद् सचिवालयले प्रधानन्यायाधीश जबरालाई दिएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले महाअभियोग निष्क्रिय भएको पत्र प्रधानन्यायाधीश जबरालाई पठाइएको पुष्टि गरेका छन् ।

प्रधानन्यायाधी जबराले पनि आफूले महाभियोग निष्क्रिय भएको पत्र प्राप्त गरेको र आजै अदालतमा हाजिर हुने बताएका छन् । ‘महाभियोग निष्क्रिय भएको पत्र आएको छ । त्यसैले आजै अदालतमा उपस्थित हुन्छ,’ उनले भनेकेा छन् ।

६५ वर्षे उमेरहदका कारण मंसिर २७ गतेदेखि प्रधानन्यायाधीश जबराले अवकाश पाउँदैछन् । प्रधानन्यायाधीश जबराविरुद्ध १ फागुन २०७८ मा महाभियोग दर्ता भएको थियो ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका गरी ९८ जना सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेका थिए ।

 

प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com