काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च छिर्न नदिन बारका वकिलहरू गेटमा बसेका छन् । राणालाई प्रवेश नदिने नेपाल बार एशोसिएशनको निर्णयसँगै वकिलहरू अवरोधका लागि गेटमा पुगेका हुन् ।

संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारीमा छन् । यसलगत्तै बारको बैठक बसेको थियो ।

बार अध्यक्ष चन्डेश्वर श्रेष्ठले संसद सचिवालयले राणालाई दिएको पत्र गलत भएको भन्दै उनीमाथिको महाअभियोग निष्क्रिय हुन नसक्ने बताएका थिए ।

प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com