काठमाडौं । अफ्रिकन राष्ट्र मोरोक्कोले पोर्चुृगललाई पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप फुटबलको सेमिफाइनलमा पहिलो पटक प्रवेश गरेको मोरोक्कोले ऐतिहासिक उपलब्धि पाएको छ ।

कतारको अल थुमामा रंगशालामा मोरोक्कोले पोर्चुगललाई १–० गोलले हराएको हो । पहिलो हाफमा बनाएको अग्रता कायमै राख्दै बलियो टिम पोर्चुगललाई हराएको हो । मोरोक्कोको जितमा युसुफ इन नेसिरीले गोल गरे ।

मोरोक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ इन नेसिरीले गोल गर्दै १–० को अग्रता दिलाए । पहिलो हाफमा नै एक गोलले पछि परेको पोर्चुगलले गोल गर्ने अवसर राम्रो पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।

विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो भने पोर्चुगलको प्लेइङ इलाभेनमा परेका थिएनन् । खेलको ५१औँ मिनेटमा रुबेन नेभेसको स्थानमा मैदानमा छिरेका कप्तान रोनाल्डोले पनि पोर्चुगललाई हारबाट बचाउन सकेनन् ।

प्रकाशित मिति: २४ मंसिर २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com