काठमाडौं । लामो समयदेखिको पारिश्रमिक नपाएका गोर्खा टेलिभिजनका कर्मचारीले आन्दोलनका कार्यक्रम  सुरु गरेका छन् । ललितपुरको जावलाखेलबाट साझा  सञ्चार मिडिया प्रा.लि.को नाममा सञ्चालनमा रहेको गोर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि  चरणबद्ध आन्दोलनको थालनी गरेका हुन् ।

गोरखा टेलिभिजनमा काम गरेर पारिश्रमिक नपाएका श्रमजीवी पत्रकारहरु रवि महर्जन, प्रकृति भाट, सरोज निरौला, अमृत पोखरेल, संगिता काफ्ले, सुष्मा खत्री लगायतले भुक्तानी रकम नपाएपछि आन्दोलनमा उत्रिएका हुन्  ।

संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनौंदेखिको बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालको केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । पटक-पटकको अनुरोध र आग्रहपश्चात् पनि झुटो आश्वासन दिदै झुल्याउन थालेपछि प्रतिकार स्वरुप आन्दोलन थालिएको श्रमजीवीको हकहितका निम्ति लड्दै आएका संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए ।

गोरखा टिभी मात्र नभई कृषि टिभीमा काम गर्ने २ दर्जनभन्दा बढि पत्रकारहरुको न्यायका लागि लड्दै आएका अध्यक्ष जैसीका अनुसार श्रमजीवीहरुको लाखौं रुपैयाँ महिनौंदेखि नपाउँदा उनीहरुको बिचल्ली बनाउने साहुको घर घेराउ नै गरिएको, अब सबै श्रमजीवीहरुको संयुक्त सहभागितामा फेरि घर घेराउ गर्ने कार्यक्रम छ । सञ्चालक थापाले कर्मचारीलाई अनेक बहाना देखाउँदै समस्या पारिश्रमिक दिएका छैनन्।

पटक पटक पारिश्रमिकको लागि ताकेता गरे पनि थापाले आफ्ना पकेटका २-४ जनालाई केही रकम दिएर अरु कर्मचारीको श्रम शोषण गर्दै आएको पिडित कर्मचारीहरुको गुनासो छ । केही समय अगाडि श्रमजीवी(पत्रकार संघ, नेपालसँग गरेको सहमति अनुसार थापाले चुनावपछि २० गते सबै पैसा चुक्ता गर्ने सहमति भएपनि उनले फोन न उठाउने के गर्न सकिन्छ त्यही गर भन्दै धम्कि दिने गरेको पनि उनीहरुको गुनासो रहेको छ ।

प्रकाशित मिति: २ पुस २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com