काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका–६ भुजिमा शनिबार दिउँसो बोलेरो दुर्घटना हुँदा नौजना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँबाट उमाकुण्ड गाउँपालिकाको भुजीतर्फ जाँदै गरेको बा ११ च ७५१२ नम्वरको बलेरो गाडी भुजीको एकराते पहरा फास्तुमा दुर्घटनामा परेको हो। घाइतेहरुको उद्धार गरी गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको छ।

कच्ची सडकको मोडवाट गाडी अनियन्त्रित भई करिव ५० मिटर तल भिरमा खसेको छ। बलेरोमा सवार सबैजना घाइते भएका छन्। घाइतेमध्ये लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँका वडा सदस्य विमल सुनुवार, सोही गाउँका विमला सुनुवार र राजकुमार थापालाई हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले जानकारी दिए।

त्यसैगरी गाडी दुर्घटनामा लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँकै २३ वर्षकी श्रृष्टी सुनुवार, ३० वर्षकी सीता कार्की, ३० वर्षकै मनिता खड्का र ४० वर्षका दिप सुनुवारलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि सदरमुकाम मन्थलीतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये १६ वर्षीय नरेश खड्का र १९ वर्षीय सुजन भुजेलको अवस्था सामान्य रहेकाले उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ।

प्रकाशित मिति: २ पुस २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com