धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ शिवरामनगर टोलमा चोरी गर्न आएको समूहले चोरी गोली चलाएको हो ।
बिहान करिब साढे २ बजे स्थानीय प्रजापति विष्टको घरम राखेको अटो रिक्साको ब्याट्री चोर्न आएकाहरूले गोली चलाएको कैलाली प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । प्रतिकार गर्दा चोरहरूले विष्टमाथि आक्रमण गरेका छन् ।
कुटपिट गर्दै ब्याट्री चोरेका चोरहरूले स्थानीयले होहल्ला गरेपछि हवाई फायर गरेको डीएसपी जोशीले बताए ।
चोरीमा चारजना संलग्न रहेको प्रहरीले बताएको छ । शंकास्पद एक पक्राउ परेका छन् ।
प्रकाशित मिति: ५ पुस २०७९, मंगलबार
प्रतिक्रिया