सिमरा । दुई किलो ६ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्। बाराको जितपुर सिमरा उपमहानगरपालिका-५ बाट प्रहरीले उनीहरूलाई युरेनियमसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बारा बिसौलियाका रबि चौधरी, सागर चौधरी र बिहजकुमार सहनी रहेको प्रहरीले जनाएको छ। प्रहरी उच्च स्रोतका अनुसार युरेनियम बेच्दै हिँडेका उनीहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट तीन थान मोबाइलसमेत बरामद गरिएको छ।
प्रकाशित मिति: ९ पुस २०७९, शनिबार
प्रतिक्रिया