काठमाडौं । मध्यराति बागलुङ केन्द्रविन्दु बनाएर लगातार तीनपटक भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बागलुङको अधिकारी चौर केन्द्रविन्दु बनाएर राति १ बजेर २३ मिनेटमा ४.७ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो ।

पहिलो झड्का महसुस भएको करिब एक घण्टापछि फेरि भूकम्प गएको हो । केन्द्रका अनुसार २ बजेर ७ मिनेटमा बागलुङकै खुँगा केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । यस्तै ३ बजेर २८ मिनेटमा बागलुङको अधिकारी चौर केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले गरेको क्षतिबारे भने कुनै विवरण प्राप्त भएको छैन ।

 

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com