काठमाडौं । अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार ६.३ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको आमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। यसै महिनाको भूकम्पको शृंखलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक पुनः भूकम्प गएको हो। ग्रिनविच मिनटाइमअनुसार ३ बजेर ३६ मिनेटमा हेरात सहरभन्दा ३३ किलोमिटर टाढा भूकम्प गएको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।