काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले हालसालै पार्टी प्रवेश गरेका वामदेव गौतमलाई तेस्रो वरियतामा राखी ‘वरिष्ठ नेता’को पद प्रदान गरेको छ। शुक्रबार सम्पन्न सचिवालय बैठकको निर्णय अनुसार, गौतमलाई यो पदसहित सम्पूर्ण केन्द्रीय विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।