कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको निधन

एजेन्सी ।  कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको दुःखद मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com