काठमाडौँ। पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ। हराइरहेकाहरूको खोजी गर्ने क्रममा विमानको ब्ल्याक बक्स भेटिएको हो। ब्ल्याक बक्सबाट विमान दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुने छ। दुर्घटनाअघि पाइलटले बोलेका सबै कुराहरू ब्ल्याक बक्समा रेकर्ड भएको हुन्छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।