६ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक तय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आज साँझका लागि बालुवाटारमा बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजे बैठक बस्ने तय गरिएको एक मन्त्रीले जानकारी दिएका छन्। उक्त बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी निर्णय हुने सम्भावना रहेको स्रोतको भनाइ छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com