काठमाडाैँ । युवराज्ञी हिमानी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्।

टन्सिलाइटिसका कारण ज्वरो आएपछि उनी अस्ट्रेलियाबाट नेपाल फर्किइन। ‘अब्जर्भेसन’का लागि बुधबार ललितपुरकाे मेडिसिटी अस्पताल भर्ना भएकि युवराज्ञीको स्वास्थमा सुधार आएको छ।

advertisement

अस्ट्रेलियामा बिरामी परेर नेपाल फर्किएकी युवराज्ञी मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना गरिएको थियो।

राज्यकोषको चरम दुरुपयोग गर्दै सामान्य बिरामी पर्दा समेत बिदेश धाउने नेपालको नेताहरुको परिपाटीको ठिक बिपरित हिमानी शाहले बिदेशमा बिरामी पर्दा नेपाल फर्किएर उपचार गराएकी हुन्।

अस्ट्रेलियामा बिरामी परेकी हिमानीले नेपाल आएर उपचार गराएपछी अहिले उनको चौतर्फी प्रशंसा भएको छ।

प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com