काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा सहभागी हुने भएका छन्।

प्रतिनिधि सभामा रास्वपाका २० सिट सांसद छन्।

advertisement

लामिछानेले आफू उपप्रधानमन्त्री र गृहमन्त्रीसहित सरकारमा जान लागेको सेतोपाटीलाई बताए।

‘म उपप्रधान र गृहमन्त्रीसहित सरकारमा जान लागेको हो। गठबन्धनमा यही समझदारी बनेको छ, पत्र भने प्राप्त भइसकेको छैन,’ उनले भने।

आज नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक बसेको थियो।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिने तयारी गरेका छन्।

 

प्रकाशित मिति: ११ पुस २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com