काठमाडौं । आठ दलले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेसँगै कांग्रेस उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । संसदको सबैभन्दा ठूलो दल कांग्रेसले उठाउने उम्मेदवारलाई माओवादी, जसपा, नेकपा एस, लोसपा, जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने भएका हुन् ।

राष्ट्रपति चुनावमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यले मतदान गर्न पाउँछन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ । यसअनुसार आठदलीय गठबन्धनको मतभार ३१,५०० पुग्छ । जुन कुल मतभारको ५० प्रतिशतभन्दा धेरै हो । राष्ट्रपति निर्वाचित हुन करिब साढे २६ हजार मतभार आवश्यक पर्छ । त्यसैले कांग्रेस उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने पक्का देखिएको हो ।
आठ दलको मतभार
कांग्रेस १६,२२१
माओवादी ७,७२८
जसपा २,०९७
नेकपा एस २,४७८
जनमत १,२४२
लोसपा ८,२७
नाउपा ७६५
राजमो १५८

advertisement

अन्य दलको मतभार
एमाले १५,२८१
रास्वपा १,५८०
राप्रपा २,२१०
नेकिपा २२३
हाम्रो नेपाली ९६
स्वतन्त्र १,२८७

 

प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com