काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमालेलाई नै भोट हाल्ने बताएका छन्।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सम्झौताअनुसार नै भोट हाल्ने यकिन भएको बताए।

advertisement

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमालेलाई समर्थन गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डलाई अप्ठेरो र दबाब परेकोबारे पनि बताउँदै आएको ‌ओलीले बताए।

‘समस्या नै छैन। हामीले पुस १० गते नै सहमति गरेका छौं। अलिकति प्रचण्डजीले मलाई अप्ठेरो पर्‍यो, दबाब पर्‍यो भनिराख्नुभएको छ। उहाँले पुस १० गतेको सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने हामीलाई लगभग यकिन नै छ,’ उनले भने।

आठ दलले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णयबारे गरिएको प्रश्नमा दलका नेतालाई चिया खान बोलाएको बताए। चिया खान बोलाएको जति सबै भोट नै हुन् भन्दै उनले प्रश्न गरेका हुन्।

‘आठ दललाई चिया खान बोलाएको जति सबै भोट हुन्छ?,’ उनले प्रश्‍न गरे।

पौडेललाई नेपाली कांग्रेससँगै नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गर्न लागेको हो।

यस्तै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि पौडेललाई नै समर्थन गर्ने जनाएको छ।
तर नेकपा एमालेले तत्काल सरकार नछाड्ने पनि निर्णय गरेको छ। राष्ट्रपतिको निर्वाचन सम्म पर्खिने सचिवालयले निर्णय गरेको हो।

 

प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com