काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ ‘मनाङे’बीच भेटवार्ता भएको छ ।

गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गुरुङ र प्रधानमन्त्री प्रचण्डबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भेटवार्ता भएको हो।

advertisement

प्रधानमन्त्रीसँगको भेटवार्तामा समसामयिक राजनीतिक घटनाबारे छलफल भएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

‘मन्त्री राजिव गुरुङले आज बिहान प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु भयो, भेटमा समसामयिक राजनितिक घटनाक्रम र गण्डकीको विद्यमान राजनितिक अवस्थाका बारेमा छलफल भएको थियो,’ मन्त्री गुरुङको सचिवालयले भन्यो ।

प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com