काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ ‘मनाङे’बीच भेटवार्ता भएको छ ।
गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गुरुङ र प्रधानमन्त्री प्रचण्डबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भेटवार्ता भएको हो।
प्रधानमन्त्रीसँगको भेटवार्तामा समसामयिक राजनीतिक घटनाबारे छलफल भएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
‘मन्त्री राजिव गुरुङले आज बिहान प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु भयो, भेटमा समसामयिक राजनितिक घटनाक्रम र गण्डकीको विद्यमान राजनितिक अवस्थाका बारेमा छलफल भएको थियो,’ मन्त्री गुरुङको सचिवालयले भन्यो ।
प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार













प्रतिक्रिया