काठमाडौँ । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले अन्तिम राजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसदमा आउन चुनौती दिएकी छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन आह्वान गरिन् ।

advertisement

‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्’ उनले भनिन् । पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न उनको आह्वान छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com