धनुषा । कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रमा राजाको कुनै स्थान नरहेको बताएका छन् । ‘राजा स्वयं नै कारक भएर गणतन्त्र आयो,’ उनले भने- ‘राजाले सत्ता सम्हालेपछि नेताहरुलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे । ज्यादती गरेपछि गणतन्त्र आयो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन् ।’

महोत्तरीको बर्दिबासमा बिहीबार साँझ कार्यकर्ता भेटघाटमा उनले निर्वाचनको समयमा कांग्रेसीले नै कांग्रेसलाई मतदान नगर्ने परम्परा अन्त गर्न निर्देशन दिए ।

advertisement

कार्यकर्ताहरुले गठबन्धन गरी नेताहरुको भविष्यसँग खेलबाड गरेको र गठबन्धन गरेर निर्वाचनमा सहभागी हुँदा पार्टी कमजोर भएको जिज्ञासा राख्दा जवाफमा देउवाले आगामी निर्वाचनमा आफ्नै उम्मेदवारलाई मतदान गर्ने अवसर आउने प्रतिबद्धता जनाए ।

‘२०८४ को निर्वाचनमा गठबन्धन हुँदैन,’ उनले,‘पार्टीका उम्मेदवारलाई मत नदिइ घात गर्ने परिपाटीको अन्त हुनुपर्छ । टिकट पाएका उम्मेदवारको टिकट खोस्ने घटना दोहरिँदैन । उम्मेदवार जित्ने माहोल कार्यकर्ताले नै बनाउनु पर्छ ।’

प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com