काठमाडौं – ज्ञानेन्द्र शाहको चहलपहल र राजावादी शक्तिको गतिविधि व्यापक हुन थालेपछि नेकपा माओवादी केन्द्र आत्तिएको छ।

उसले तराई मधेसमा जारी राखेको जागरण अभियानलाई स्थगित गरेको छ। आइतबार पदाधिकारी बैठक पनि डाकेको छ। जागरण अभियानका क्रममा नै अत्तालिएका प्रचण्डले ज्ञानेन्द्रलाई दल खोली चुनावमा आउनका लागि चुनौती दिएका थिए।

advertisement

राष्ट्र, राष्ट्रियताको महाअभियानले भयानक प्रदर्शनसँगै माओवादी र प्रचण्डमाथि निशाना बनाउन थालेपछि माओवादी अत्तालिएको एक पदाधिकारीले बताए।

यसमा सरकारको रवैयाले पनि काम गरेको ठहर गर्दै माओवादीले राजावादी शक्तिलाई सीमामा राख्ने र नियन्त्रण गर्न नसके गणतन्त्र सिध्याउने अवस्था आइसकेको ठहर गरेको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com