काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ तय भएको भेटवार्ता अन्ततः हुन सकेन।
प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच कुराकानी हुने कार्यक्रम तय भएको थियो। सोही भेटका लागि मन्त्रिपरिषद् बैठकसमेत स्थगन गरिएको थियो। तर, पूर्वनिर्धारित समयमै देउवा बालुवाटार नजाँदा भेटवार्ता स्थगित भएको स्रोतले जनाएको छ।
दुवै नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी विषयमा छलफल हुने तयारी थियो। यद्यपि देउवा किन नजाने भन्ने स्पष्ट कारण सार्वजनिक गरिएको छैन।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया