काठमाडौं । केही दिनको झापा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौँ फर्किएका छन्। उनी हवाई मार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विमानस्थलबाट उनी कालो रंगको सवारीमा चढेर निर्मल निवासतर्फ प्रस्थान गरेका थिए। झापा भ्रमणका क्रममा पूर्वराजासँगै उनका परिवारका सदस्यहरू पनि रहेका थिए।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया