काठमाडाैं । शिक्षामन्त्री रघुजी पन्त सत्तारुढ दल नेपाली कांग्रेसको बैठक स्थल सानेपा पुगेका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा जारी बैठककै क्रममा उनी त्यहाँ पुगेका हुन्।
शिक्षा विधेयकसम्बन्धी विवाद कायमै रहेका बेला मन्त्री पन्त कांग्रेस नेतासँग छलफल गर्न पुगेको बताइएको छ। शिक्षक महासंघसँग भएको सहमतिअनुसार शिक्षा विधेयक हिजै पारित गरिनुपर्ने थियो। तर, संसदीय समितिमै सहमति नजुटेकाले विधेयक अझै पनि पारित हुन सकेको छैन।
विधेयक पारित नभएको भन्दै शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएपछि दबाब बढेको छ। यही सन्दर्भमा मन्त्री पन्त कांग्रेस नेताहरूसँग संवाद गर्न सानेपा पुगेका हुन्। बैठकस्थलमा पुगेपनि उनी अलगै बसेका छन्।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार













प्रतिक्रिया