काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र चुलिँदो असन्तुष्टि र सरकारको कार्यशैलीप्रति बढ्दो आलोचनाबीच पदाधिकारी बैठक बोलाएका छन्।
सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र सरकारमा रहेका केही मन्त्रीहरूलाई समेत बोलाइएको छ।
बैठकमा पार्टीभित्रको आन्तरिक अवस्था, नेकपा एमालेसँगको सहकार्य, सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूको समीक्षा र पछिल्लो राजनीतिक परिस्थितिबारे गहन छलफल हुने जनाइएको छ।
प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति कांग्रेस नेताहरूको असन्तुष्टि बढ्दै गएको छ भने सरकारद्वारा अघि सारिएका केही विधेयकहरूलाई लिएर पनि पार्टीभित्र मतभेद चर्किएको छ। त्यस्तै, अनुशासन आयोगको पछिल्लो कारबाहीले इतर पक्ष थप असन्तुष्ट बनेको छ।
यी सबै विषयमा नेतृत्व तहबाट स्पष्ट सन्देश दिन बैठक बोलाइएको नेताहरूको भनाइ छ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया