काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिस्ट दलहरू व्यवहारतः लोकतान्त्रिक सिद्धान्तमा रूपान्तरित भइसकेको दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले संविधान सबै दलका लागि स्वीकार्य भएको उल्लेख गर्दै आवश्यकता अनुसार संशोधन सम्भव रहेको धारणा व्यक्त गरे। “नाममा कम्युनिस्ट भए पनि व्यवहारमा सबै पार्टीहरू अहिले डेमोक्रेटिक सोसलिस्ट पार्टीझैँ काम गरिरहेका छन्,” उनले भने।
देउवाले संविधानमा राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउने जस्ता विषयमा छलफल भइरहेको जानकारी दिँदै संविधानले सबै दललाई एक ढाँचामा समेटेको टिप्पणी गरे।
सभापति देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भए पनि अझै तल्लो तहसम्म प्रभावकारी रूपमा पुग्न नसकेको स्वीकार गरे। साथै, बहुमत प्राप्त गर्न वर्तमान राजनीतिक प्रणालीमा समन्वय र लचकता अपरिहार्य रहेको पनि उनले स्पष्ट पारे।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया