काठमाडौं । थाइल्यान्डसँग जारी झडपका बीच कम्बोडियाले तत्काल युद्धविरामको माग गरेको छ । दुई देशबीच दुई दिनदेखि सीमापार द्वन्द्व भइरहेको छ, जसमा धेरै जनाको मृत्यु र घाइते भएका छन् ।
संयुक्त राष्ट्र संघका लागि कम्बोडियाका राजदूत छिया केओले भने, “कुनै पनि शर्त बिना द्वन्द्वको अन्त्यको माग गर्दछु ।” उनले आफ्नो देशले ‘यस विवादको शान्तिपूर्ण समाधान’ चाहेको पनि बताए ।
यद्यपि, थाइल्यान्डले कम्बोडियाको प्रस्तावमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैन । यसअघि थाइल्यान्डले कम्बोडियासँग सीमा जोडिएका आठ जिल्लामा मार्शल ल घोषणा गरेको थियो ।
बिहीबारदेखि दुई देशबीचको झडप सुरु भएदेखि कम्तीमा १६ जनाको मृत्यु भएको छ र १० हजारभन्दा बढी मानिसहरूले आफ्नो घर छोड्न बाध्य भएका छन् । थाइल्यान्ड र कम्बोडियाले पहिले गोलीबारी भएकोमा एकअर्कालाई दोष लगाइरहेका छन् ।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया