काठमाडौं ।  समाजवादी मोर्चाको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार दिउँसो ३ बजे सिंहदरबारमा भेटवार्ता हुने भएको छ।

अध्यक्ष नेपालनिकट स्रोतका अनुसार दुई नेताबीचको छलफल सिंहदरबारमा तय भएको हो। यद्यपि छलफलको मूल एजेन्डा अझै स्पष्ट नभएको स्रोतले जनाएको छ।

advertisement

स्रोतका अनुसार समाजवादी मोर्चाको बैठक आह्वान गर्ने विषय र यसअघि मोर्चाले सञ्चालन गरेका कार्यक्रमहरूको समीक्षा सम्भावित छलफलको एजेन्डा हुनसक्नेछ।

गत चैतयता समाजवादी मोर्चाको बैठक बस्न सकेको छैन।

 

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com