काठमाडौं ।  बेलायती प्रधानमन्त्री केइर स्टेइमरले इजरायलले केही शर्त स्वीकार गर्दै युद्ध विराम नगरे प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका छन्। बेलायती प्रधानमन्त्री स्टेइमरले सेप्टेम्बर महिनादेखि युद्ध विरामसँगै इजरायलले केही शर्त पूरा नगरे प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका हुन्।

दीर्घकालीन शान्ति स्थापनाका लागि प्रतिबद्ध हुनुपर्ने र संयुक्त राष्ट्र सङ्घको प्रदान गर्ने राहत इजरायलसम्म पुग्नका लागि सहयोग गर्ने लगायत शतै बेलायतले अगाडि सारेको छ।

advertisement

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो कदमले हमासको आातकंवादी कामलाई सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्।

बेलायती सरकारले यो निर्णयको अधिकतम असरपछि युद्ध विरामको बाटो तय हुने बताएका छन्।

गत साता फ्रान्सले पनि सेप्टेम्बर महिनादेखि लागु हुने गरी प्यालेस्टाइनलाई भिन्न राज्यको रूपमा मान्यता दिने निर्णय गरेको थियो। फ्रान्स यस किसिमको निर्णय गर्ने जी-७ राष्ट्र मध्यको पहिलो हो।

स्टेइरमरले अति जरुरी क्याबिनेट बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाजामा स्वीकार गर्नै नसकिने खराब अवस्था आएको बताए। उनले बेलायतको चाहना सुरक्षित इजरायल र सार्वभौम प्यालेस्टाइन भएको समेत बताए।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com