काठमाडौं ।  नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकप्रियतावादी प्रवृत्तिले समाजलाई भड्काउँदै जनताका सपना चोर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले केही व्यक्तिहरू असन्तुष्टि र भ्रम फैलाएर समाजलाई अस्थिर बनाउने प्रयासमा लागेको बताए।

advertisement

उनले भने, “केही असन्तुष्टिहरूमा टेकेर, तथ्यलाई भ्रमको पर्दाले छेकेर असन्तुष्टि, आरोप–प्रत्यारोप र आक्रोश देशको पछिल्लो बिम्ब भएको छ। अहिले घृणावाद र लोकप्रियतावाद फस्टाइरहेका छन्, जसले चलाखीपूर्ण ढंगले जनताको सपना चोरी गर्न खोजिरहेका छन्।”

उनका अनुसार पछिल्लो केही महिनायता शासन प्रणालीको कमजोरी र सरकारको ढिलो कामका कारण जनतामा निराशा बढेको छ। यसैको आधारमा “पुराना दलहरूको काम छैन” भन्ने नयाँ भाष्य सिर्जना गर्न खोजिएको उनले बताए।

बास्कोटाले लोकतन्त्रको विकासका लागि स्थायित्व र राजनीतिक परिपक्वता आवश्यक रहेको उल्लेख गरे।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com