काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले आगामी फेब्रुअरीमा आम निर्वाचन गर्ने घोषणा गरेको छ ।

विद्यार्थी आन्दोलनपछि सत्ता परिवर्तन भएको एक वर्ष भएपछि मुलुकको भविष्य अन्योलग्रस्त भएका बेला अन्तरिम सरकारले आम निर्वाचन गर्ने तयारी गरेको हो । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले निर्वाचन घोषणा गरेपनि मिति भने तय भएको छैन ।

advertisement

युनुसको घोषणामा बंगलादेशलाई नैतिकता, कानुनी शासन र लोकतान्त्रिक मूल्यमा आधारित देश बनाउने प्रतिवद्धता समेत जनाइएको छ । त्यस्तै, शेख हसिनाको शासनकालमा हिंसामा संलग्न भएकामाथि न्यायिक कारबाहीको प्रक्रिया अघि बढाइने युनुसको भनाइ छ ।

गत वर्षको जुलाइ र अगस्टमा विद्यार्थीको आन्दोलनपछि निर्वाचित प्रधानमन्त्री शेख हसिना देश छाडेर भारतमा निर्वासित जीवन बिताइरहेकी छन् ।

 

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com