काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार ठानेर हेर्ने दृष्टिकोण नै भ्रष्टाचारी भएको बताएका छन्। शुक्रबार सार्वजनिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा उहाँले यो कुरा उठाउनुभएको हो।
सांसद बास्कोटाले बेरुजु र भ्रष्टाचार फरक विषय भएको बताउँदै विगतका चुनौतीहरू समाधान गर्नेतिर ध्यान दिनुपर्ने बताए।
“सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्टाचारी हुन्। भ्रष्टाचार र बेरुजु फरक कुरा हुन्,” बास्कोटाले भने।
उहाँले बेरुजु फिर्तालाई कानुनी र व्यवहारिक रूपमा सहज बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया